काठमाण्डाै,२०फागुन । ज्येष्ठ नागरिकका क्षत्रमा क्रियाशिल संस्था एजिङ नेपाल जेष्ठ नागरिकका अधिकार सम्बन्धि महासन्धि पारित गराउने अभियानमा लागेकाे छ । साेही अभियान अन्तरगत उक्त संस्थाले शुकबार ज्येष्ठ नागरिक सम्बन्धित सराेकारवालासँग अन्तरक्रिया गर्याे ।
ज्येष्ठ नागरिककाे हक अधिकार सम्बन्धिकाे महासन्धि संयुक्त राष्ट्रसंघकाे महासभाबाट पारित गराउने अभियान अन्तरगत ज्येष्ठ नागरिकका क्षत्रमा काम गर्दै आएका संस्थनका जिम्मेवार व्यक्तिहरुलाई अभिमुखिकरण गराईएकाे एजिङ नेपालका कार्यकारि निर्देशक प्रकाश गाैतमले जानकारी दिए । महिला, जनजाति, दलित, अपांगताभएका लगायत प्राय सबै समुदायकाेअधिकार संविधान तथा कानुनमा समावेश गरिएकाे र संयुक्त राष्ट्रसँघबाटै पारित भई उक्त अधिकार कार्यन्वायन चरणामा रहेपनि ज्येष्ठनागरिकका अधिकार सुनिश्चित नभएकाे उनकाे भनाई छ।
सबैजसाे लक्षित समुदाकाे अधिकारका विषयमा नीति कानून बनिसकेपनि ज्येष्ठ नागरिकले सम्बन्धित निकायसम्म आवाज उठाउन नसक्ने हुँदा उनिहरकाे अधिकार सुनिश्चित गराउन समस्या भएकाे गाैतमकाे भनाई छ ।प्रत्येक वर्ष संयुक्त राष्ट्रसँकाे साधारणासभा हुनु अघि एजिङ नेपालले यस्ता अभियानहरु चलाउँलै आएकाे छ । यस्ता अभियान पश्चात ज्येष्ठनागरिकका अधिकार सुनिश्चित गर्नका लागि संयुक्त राष्ट्रसंघले ईकाई नै गठन गरेर काम गर्दै आएकाे बताइएकाे छ ।
एजिङ नेपालले स्वस्थ बुढ्याैली, सकृय बुढ्याैली र राेजगारीका विषयमा लामाे समयदेखि सशक्त आवाज उठाँउदै आएकाे छ । शुक्रबार गरिएकाे अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकका क्षत्रमा काम गर्ने दुई दर्जन संस्थाहरुका प्रतिनिधिहरुलाई अभिमुखीकरणा गरिएकाे छ । यस्ता क्रियाकलापले ज्येष्ठ नागरिकका अधिकार स्थापित गराउनकालागि बल पुग्ने विश्वास गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्